हेटौंडा–कैलाश गाउँपालिकाले स्थानीय कृषक समुहका किसानहरुलाई विभिन्न कृषि सामग्रि वितरण गरेको छ । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर १३ वटा, अदुवा पिस्ने मिल ६ वटा, विषादी छर्कने इलेक्ट्रिक पम्प २० वटा र डिजिटल तराजु २ वटा हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आज किसानहरुलाई उक्त कृषि सामग्रीहरु हस्तान्तरण गरेका हुन् । अदुवा पकेट क्षेत्र कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि ज्ञान केन्द्र चितवनले कृषि सामगिहरु वितरण गर्न १५ लाख रुपैंया बजेट उपलब्ध गराएको थियो ।

गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसानले व्यहोर्ने गरी उक्त कृषि सामग्रीहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले जानकारी दिए । आगामी दिनमा मागका आधारमा अरु किसानहरुलाई पनि कृषि सामग्री उपलब्ध गराउँदै जाने योजना रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here