कोभिड–१९ विरुद्ध खोप अभियान अन्तरगर्त मकवानपुर जिल्लामा फाईजर खोप लगाईने भएको छ । पाँच वर्ष भन्दा माथी र १२ वर्ष मूनिका बालबालिकाका लागि अभियान सञ्चालन गरि यहि असार ९ गते विहीबार देखी १५ गते सम्म फाइजर खोप लगाउने भएको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै फाइजर खोपको प्रभावकारीता, देखिने समस्या र अभियान बारे जानकारी गराएको हो ।स्थानीय तहले विद्यालयमा खोपकेन्द्र सन्चालन गरिने र मकवानपुरमा करिब ६१ हजार ७५ जनालाई खोप लगाइने योजना रहेको जनाईएको हो ।

मकवानपुरमा ३सय ९० जना स्वास्थ्यकर्मी परिचालन हुने र बालबालिका अध्ययनरत विद्यालय वा नजिकको पायक पर्ने विद्यालयमा लगेर बालबालिकालाई खोप लगाउन सकिने स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताएका छन् ।

स्वास्थ्य कार्यालयका प्रमुख भीमसागर गुरागाईको सभाध्यक्षता र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here