मकवानपुरको भीमफेदी कारागारमा कैदी जीवन बिताइरहेका एक जना कैदीको मृत्यु भएको छ।३ वर्षदेखि कैदी जीवन बिताइसकेका हेटौंडा—२ का ३४ वर्षीय परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७६ जेठ २ गतेदेखि ७ वर्षका लागि कैदी जीवन बिताइरहेका परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारका लागि लगिएको भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङले जानकारी दिए ।


परियारको थप उपचारका लागि स्वास्थ्य चौकीले हेटौंडा अस्पताल रिफर गरेको थियो । उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको जनाएको छ ।

परियारको शव पोस्टमार्टम गरेर परिवारलाई बुझाउने कार्य भईरहेको र घटनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here