हेटौंडा–हेटौंडामा शनिबार एकै मञ्चमा १० जना श्रष्टा सम्मानित भएका छन् । आँचल साहित्य कला पुञ्जले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने १० जनालाई नगदसहित सम्मान गरेको हो ।
मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई सम्मान गरेको हो ।


समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेका बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७८ बाट लामो समय मकवानपुरको साहित्यमा सेवा गरेकी साहित्यकार ÷कवि तीर्थदेवी सिलवाललाई प्रदान गरिएको छ । उनलाई दश हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । यसैगरी आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेकीे प्रतिभा धिताल छन्द पुरस्कार–२०७८ .झापाकी छन्द कवि भुषिता बशिष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कार पनि दश हजार १ रुपैयाँको थियो ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गिय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबा÷ बुबाको नाममा स्थापना गरेका ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मानबाट मकवानपुर जिल्लाको पत्रकारिताका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका साहित्यकार कृष्णराम परियारलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी सात हजार सात सय ७७ रुपैयाँ रहेको थियो ।

साहित्यकार रुकु कार्कीलगायत उनको बहिनीहरु प्रमिला शर्मा, अम्बिका उप्रेति, अन्जु उप्रतिले आफ्ना स्वर्गीय पिता तथा माताद्धयको नाममा स्थापना गरेको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८ बाट हेटौंडा निवासी कवि÷ निवन्धकार देवराज खरेल सम्मानित भएका छन् । उक्त पुरस्कारको राशी एघार हजार एक सय ११ रुपैयाँ रहेको छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५सम्म अध्यक्ष बनेकी स्वर्गीय अप्सरा तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा जशोधा तिम्सनाले स्थापना गरेका अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ चितवनका साहित्यकार सरिता तिवारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी १५ हजार एक रुपैयाँ रहेको थियो ।

चन्द्रकिरण श्रेष्ठ र उहाँकी धर्मपत्नी मेनुका शर्माले आफ्नो आमा÷सासुआमाको नाममा स्थापना गरेका सुन्तली माया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७८ मकवानपुरका कवि छवि अनित्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी १० हजार एक रुपैयाँ रहेको छ ।

साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा उनकी धर्मपत्नी तारा वैद्यले आफ्नै नाममा स्थापना गर्नु भएको मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रीय अध्यक्ष समेत रहेकी प्रसन्ना चौलागाईँलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी पाँच हजार एक रुपैयाँ रहेको छ ।
मकवानपुरका हास्यव्यङ्ग्यकार स्वर्गीय डा. गणेशकुमार पौडेलले आफ्नो पिताको नाममा स्थापना गरेको खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८ बाट साहित्यकार जनार्दन खनाललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी पनि पाँच हजार एक रुपैयाँ रहेको छ । शिक्षाविद् देवप्रसाद श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गरेको मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८ बाट चित्रकारितामा आफ्नो दख्खल राख्ने ऋत्विक के.बी. लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी तीन हजार पाँच सय रुपैयाँ रहेको छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नै संस्थाको नाममा स्थापना गरेको आँचल साहित्य ÷कला सम्मान २०७८ खेलकुदतर्फ भलिबलको क्षेत्रमा विशेष योगदान पु¥याउने भलिवल खेलाडी चुडा खड्कालाई प्रदान गरिएको छ । पाँच हजार एक राशीको उक्त पुरस्कारको सौजन्य समाजसेवी÷साहित्य सेवी मुक्ति गोविन्द वैद्यले गरेका हुन् ।


आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अनिता न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

आँचलको अध्यक्षमा भावना
यसैगरी शनिबार नै भएको साधारणसभाबाट आँचल साहित्य कला पुञ्जकी अध्यक्षमा भावना सापकोटा चयन भएकी छन् । सापकोटाको खध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।

आँचलको उपाध्यक्षमा उपाध्यक्षमा नीरा शर्मा, सचिवमा सविता तिमल्सिना, कोषाध्यक्षमा निर्मला ब्लोन र सहसचिवमा चण्डिका गौतम चयन भएका छन् । यस्तै सदस्यमा भवानी तिमल्सिना, रजनी पौडेल, एलिजा पुडासैनी र ज्योत्सना श्रेष्ठलाई चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here