हेटाैंडा-बागमती प्रदेशकाे भाैतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका कार्यालयकाे बितेकाे आर्थिक वर्ष २०७८/०७९ काे समीक्षा गरेकाे छ । चितवनकाे साैराहामा बिहीबार प्रदेशका सडक पूर्वाधार र सहरी विकास तथा भवन निर्माणसँग सम्बन्धित कार्यालयहरुकाे वार्षिक प्रगति समीक्षा गरिएकाे हाे ।
कार्यक्रममा मन्त्रालयसहित १५ वटा कार्यालयले गत आवमा गरेकाे कामकाे प्रगति प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे । याेजना कार्यान्वयनमा परेका समस्या, चुनाैतीलगायतकाे विषयमा पनि छलफल गरिएकाे थियाे । कार्यालयहरुले वार्षिक बजेटकाे करिब ६० देखि ७० प्रतिशत हाराहारी मात्रै खर्च गर्न सकेकाे प्रतिवेदन पेश गरेका थिए ।
खर्च कम हुनुकाे प्रमुख कारण जनशक्ति अभाव र ढिलाे गरी अख्तियारी प्राप्त हुनु जस्ता कारणहरु रहेकाे कार्यालय प्रमुखहरुले ओैंल्याएका थिए । साना याेजनाहरु धेरै संख्यामा छनाैट गर्दा पनि समस्या भएकाे बताइएकाे थियाे । समीक्षा कार्यक्रममा मन्त्रालय र प्रदेश राजधानी पूर्वाधार विशेष आयाेजनाकाे प्रगतिबारे महाशाखा प्रमुख नविनकुमार सिंहले प्रस्तुतीकरण गरेका थए भने यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. सहदेवबहादुर भण्डारीले निर्देशनालयकाे वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । साथै मन्त्रालय मातहत रहेका पूर्वाधार विकास कार्यालय, प्रादेशिक सडक डिभिजन कार्यालय र सहरी विकास तथा भवन कार्यालयका प्रमुख तथा प्रतिनिधिले प्रतिवेदन पेश गरेका थिए ।
भाैतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशाेककुमार शाहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै मन्त्री प्रजाले कर्मचारी र जनप्रतिनिधिकाे सम्बन्ध नङ र मासुकाे जस्तै हुने भन्दै समन्वय र सहकार्य बढाउनुपर्ने बताए । ताेकिएकाे बजेट तथा कार्यक्रम सम्पन्न गर्न जनशक्ति अभाव र भाैगाेलिक विकटता प्रमुख कारण रहेकाे उनले बताए । याेजना कार्यान्वयनलाई सहज बनाउन जिल्ला जिल्लामा सेवा कार्यालय स्थापना गर्ने साेच मन्त्रालयले बनाएकाेसमेत राज्यमन्त्री प्रजाले बताए ।
कार्यक्रममा बागमती प्रदेशका नीति तथा याेजना आयाेगका उपाध्यक्ष डा. कृष्णराज पन्त, सदस्य राजु नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
