हेटौंडा–बस्तीपुर जेसीजको आयोजनामा बिहीबार भएको स्वास्थ्य शिविरमा ७८ जना महिलाले निशुल्क पाठेघर जाँचको सुविधा लिएका छन् । लोपोन्मुख वनकरिया जातिलाई लक्षित गरी
मनहरी ४ स्थित पशुपति माविको प्राङ्गणमा आयोजना गरिएको स्वास्थ्य शिविरमा २ जनाले १२ वर्षे अस्थायी परिवार नियोजनको सेवासमेत लिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले स्वास्थ्यकर्मीलाई परिक्षण किट हस्तान्तरण गरी शिविरको समुद्धघाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले स्वास्थ्य परीक्षण कार्यक्रम गाउँपालिकाको प्रत्येक वडामा सञ्चालन गरिनु आवश्यक रहेको बताए । गाउँपालिका यस वर्ष स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने पनि उनले बताए ।

बस्तीपुर जेसीज हाँडीखोलाका अध्यक्ष तेजप्रसाद उप्रेती रमेशको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी वडा नं ४ का वडाअध्यक्ष प्रकाश थापाको विशिष्ट आतिथ्यता रहेको थियो । शिविरमा स्वर्गीय जानुका रेग्मी स्मृती स्वास्थ्य सेवा तथा सूचना फाउण्डेशनले औषधि सहयोग गरेको थियो । जेसीज सददस्य कृष्ण यादवको संयोजनमा कार्यक्रम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here