हेटौंडा/नेपाली कांग्रेस चितवनको सभापतिका प्रत्यासी एवम् प्रदेश उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठले पार्टी चितवन सभापतिले आफूखुसी निर्णय गरेको र एकलौटी ढंगबाट पार्टी सञ्चालन गर्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापतिको लागि आफू प्रत्यासी भएता पनि अर्का प्रत्यासी राजेश्वर खनाललाई सहमतिमै पार्टी सभापति बनाइए पनि हाल उनले त्यसबखत भएका सहमतिको उल्लंघन गरेको श्रेष्ठको आरोप छ ।

श्रेष्ठले बुधबार एक विज्ञप्ति निकाल्दै श्रेष्ठले पार्टी सभापति खनालमा बिधि, विधान र निर्देशन विपरीत काम गर्ने, मातहतका निकायहरुमा समन्वयकारी भूमिका निर्वाह नगर्ने जस्ता प्रवृति हावी भएको आरोप लगाएका छन् । विगतमा गरेका सहमतिहरु कुल्चने काम भएको पनि श्रेष्ठको भनाइ छ । सहमति र सहकार्यमा अघि नबढे बिगतमा गरेका सहमति फिर्ता लिई पार्टीका सबै तहमा आफ्नो दृष्टिकोणसहित प्रस्तुत हुने चेतावनी पनि श्रेष्ठले विज्ञप्तिमार्फत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here