हेटौंडा/बागमती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठले नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताको साथमा इन्द्रसरोबर गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरेका हुन् ।
श्रेष्ठले इन्द्रसरोबर गाउँपालिकाका गुम्बा, खानीखेतको देवीथान, देवलटारको झरनालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गरेका छन् । अवलोकनपछि मन्त्री श्रेष्ठले इनद्रसरोबरमा पर्यटनको धेरै सम्भावना हुँदाहुँदै पनि पछि परेको महसुस भएको बताए । आगामी दिमा यस क्षेत्रको पर्यटनको विकासको लागि आफूले सकेको काम गर्ने पनि उनले प्रतिवद्धता जनाए ।
मन्त्री श्रेष्ठले गाउँपालिकामा भइरहेको विपद व्यवस्थापन तालिमकोसमेत अवलोकन गरेका थिए ।
पर्यटकीय क्षेत्र अवलोकन कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरु सुमन श्रेष्ठ, कृष्ण बलामीलगायतको सहभागिता रहेको थियो ।