हेटौंडा/बस्तीपुर जेसीज हाँडीखोला नेपाल जेसीजको उत्कृष्ट शाखा घोषित भएकोहो । बस्तीपुर जेसीजलाई सन् २०२२ को जुलाई महिनाको ‘जेसिज अफ द मन्थ’ बाट सम्मानित गरिएको हो । जेसीजको क्षेत्र ‘ख’ अन्तर्गत रहेको ३९ वटा शाखाहरू मध्येबाट बस्तीपुर जेसीज उत्कृष्ट छनौट भएको शाखा अध्यक्ष तेजप्रसाद उप्रेती रमेशले जानकारी दिए ।

जेसीजको क्षेत्र क, ख, ग,घ गरी चार क्षेत्र रहेको र हरेक क्षेत्रको बिभिन्न शाखाहरुबाट महिनाभरी भएको कार्यको मूल्यांकन गर्दै क्षेत्रगत रुपमा अवार्ड प्रदान गर्ने गरिएको छ । जेसीजले क्षेत्र ‘ख’ अन्तर्गत रहेर जुलाई महिनामा बिभिन्न पाँच वटा उत्कृष्ट कार्य गरेकोले अवार्ड जित्न सफल भएको नेपाल जेसीज–२०२२का निरूपित कार्यकारीणी उपाध्यक्ष सुनिल तिमल्सिनाले जानकारी दिए ।

अवार्ड प्राप्त गर्दा आफू अत्यन्तै खुसी भएको भन्दै शाखा अध्यक्ष उप्रेतीले नेपाल जेसिजका अध्यक्षलगायत पदाधिकारी, जेसीजका संस्थापक अध्यक्ष, निबर्तमान अध्यक्ष बोर्ड सदस्य र अध्यक्ष सल्लाहकारलगायत सबैप्रति आभारी रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here