हेटौंडा–बस्तीपुर जेसीज हाँडीखोलाको आयोजनामा शनिबार मकवानपुरको मनहरी गाउँपालिका–४ मा भएको आँखा शिविरमा एक सय ८४ जनाले सेवा लिएका छन् ।

हेटौंड़ा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा जाँच गराएकामध्ये २० जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । उनीहरुलाई निशुल्क अप्रेशनको लागि आँखा अस्पतालमा बोलाइएको छ । सामान्य समस्या देखिएका विरामीलाई निशुल्क औषधिसमेत वितरण गरिएको अस्पतालका शिविर संयोजक शुशील सिंहले बताए ।

बस्तीपुर जेसीज हाँडीखोलाका अध्यक्ष तेजप्रसाद उप्रेती रमेशको अध्यक्षतामा भएको शिविरमा मनहरी ४ का अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पशुपति माविका प्रधानध्यापक भानुभक्त आचार्यको बिशिष्ट आतिथ्यता रहेको थियो । मनहरी ४ को वनकरिया बस्ती र ३ नम्बर वडाका पश्चिम भेगलाई लक्ष्ँित गरी कार्यक्रम गरिएको जेसीजले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here