रुकुम पूर्वमा बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो झन्डै ३ बजे भएको दुर्घटनामा परि तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिए। 

उनका अनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो। 

‘हाम्रो स्थानीय युनिट घटनास्थलमा छ,’ उनले भने ‘म घटनास्थल पुग्दै छु। तीन जनाको मृत्यु भएको भन्ने प्रारम्भिक खबर छ।’

घाइतेलाई उद्धार गरि स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए। 

काठमाडौंबाट रुकुम पूर्व तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको डिएसपी डाँगीले बताए। 

बस एक सय मिटर तल खसेको डिएसपी डाँगीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here