हेटौंडा–मकवानपुरे कवि तथा लेखक छवि अनित्यकाे पुस्तक ‘शिक्षकको भाषा’ आम शिक्षकमाझ पुर्याउन अभियान नै सञ्चालन गरिएको छ । आकृति क्रिएसन प्रालिले गत हप्ता मात्रै प्रकाशनमा ल्याएकाे उक्त पुस्तक शिक्षकमाझ पुर्याउने अभियानअन्तर्गत शुक्रबार दुइ वटा विद्यालयमा पुस्तक हस्तान्तरण गरिएको छ ।

हेटौंडा–१६ स्थित जनप्रिय मावि र हेटौंडा १३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सोही विद्यालयका पूर्व विद्यार्थीको प्रायोजनमा बिहीबार पुस्तक हस्तान्तरण गरिएको हो । पूर्व विद्यार्थी तथा नेशनल लाइफ इन्स्योरेन्स हेटौंडाका प्रबन्धक शर्मिला बलामीको प्रायोजनमा जनप्रियका सहप्रधानाध्यापक राम आशिष मण्डललाई पुस्तक हस्तान्तरण गगरिएको हो । बलामीले विद्यालयका ४८ शिक्षक कर्मचारीका लागि ‘शिक्षकको भाषा’ पुस्तक हस्तान्तरण गरेकी हुन् ।

यस्तै हेटौंडा १३ पदमपोखरीमा रहेको महेन्द्र माविमा पनि पूर्व विद्यार्थी समूहले सबै शिक्षकहरूका लागि पुस्तक उपहार दिएका छन् । पूर्व विद्यार्थीहरू फेन्चु लामा, राम मिजार, गुणराज थिङ, मङ्गलबहादुर स्याङ्तान र रामकृष्ण वाइबाले विद्यालयका ३५ शिक्षकलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।

अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ गत शनिबार हेटौंडामा विमोचन भएको थियोे । आफूले अनुभव र सिकाईको आधारमा तयार पारेको पुस्तक सबै शिक्षकले एक पटक पढ्नु आवश्यक रहेको लेखक अनित्यको भनाइ छ । शिक्षकहरुमाझ पुस्तक पुर्याउने अभियान जारी राख्ने अनित्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here