गिरिजा न्यौपाने
सकिनु भनी लेखिएको रहेछ निधारमा सकियो ,
एक सुन्दर पुतली टुकीसॅंगको प्यारमा सकियो ॥
छोरो परदेश हानियो आमाको सपना बोकेर,
आमाको सपनासॅंगै छोरो कतारमा सकियो॥
प्रेमको व्यापार गर्दै हिँडेपछि तिमीले शहरमा ,
तिम्रै कारण भएको इज्जत बजारमा सकियो ॥
एकदिन निर्दोष साबित हुने छ भनी ऊ कुरिरहन्छ,
बिचरो साबित भएकै पल कारागारमा सकियो ॥
महोदय, भो नगर्नूस् घमण्ड मेरै हालीमुहाली छ,
हिजो राज गर्ने डाइनोसर आज संसारमा सकियो ॥
सोच्न सम्मनी सोचेको थिइन यो दिन आउनेछ,
मंसिरमा जोडिएको साइनो असारमा सकियो ॥
– हेटौंडा
हाल दक्षिण कोरिया