हेटौंडामा पौडी खेल्दा तीन बालक बेपत्ता भएका छन् । हेटौंडा ७ न्युरेनी नागदह स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएको हो ।
शुक्रबार साँझ करिब ५ बजे पछिको समयमा चार जना बालकहरु पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक हराएको एक बालकले बताएका छन् ।
हराइरहेका बालकहरुको बागमती प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी गरिरहेको जनाइएको छ ।
हराइरहेका बालकहरुको पहिचान हुन नसकेको खोजी कार्यमा संलग्न प्रहरीहरुले जनाएका छन् ।