बाराको अमलेखगञ्जमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। धेरैजसोको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

हेटौंडा अस्पतालमा १२ जना, चुरेहिल अस्पतालमा एक जना र मकवानपुर सहकारी अस्पतालमा एक जनाको मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन।

 बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here