हेटाैंडा- लेखक अरूण खतिवडाद्वारा लिखित नाट्यकृति ‘ज्वाला’ श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित एक समारोहबीच आइतबार साहित्य सङ्गमको सभाहलमा विमोचन भएको छ । सो कृतिको लोकार्पण प्रगतिवादी समालोचक तथा कार्यक्रमका प्रमुख अतिथि डि.आर. पोखरेलले गरेका हुन् ।
प्रतिष्ठान उपाध्यक्ष इन्द्र नेपालको सभाध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा कृतिबारे समीक्षक घनश्याम घिमिरे र कवि शान्ति प्रियवन्दनाले टिप्पणी गरेका थिए । पुस्तकबारे बोल्दै घिमिरेले तीसको दशकको नेपाली समाजको यथार्थलाई नाट्यकृतिले पक्रिन सफल भएको बताए । साथै पुस्तकले तत्कालीन सामन्तवादी समाजमा विद्रोही चेत सिर्जना गर्न सफल भएको टिप्पणी गरे । प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गरेकाे उक्त कार्यक्रममा ऋषिराम पोख्रेलले स्वागत मन्तव्य राखेका थिए ।साथै कार्यक्रममा नाटकमा अभिनय गरेका पदम विकल, राधेश्याम विजया फाउन्डेसनका सदस्य बरुण खतिवडा, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विमोचन कार्यक्रममा बुढ्यौली साहित्य समाजका अध्यक्ष आर.सी. रिजाल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, झरना बकैया वाङ्मय प्रतिष्ठान तदर्थ समिति संयोजक दीपक गौतम, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, साहित्यसेवी नुर प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।