हेटौंडा–संस्थागत विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) हेटौंडा नगर समितिको अयोजनामा शुक्रबार भएको वादविवाद प्रतियोगितामा हेटौंडा–९ मा रहेको कृष्ण आदर्श इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलकी कक्षा १० कि छात्रा श्रेया पराजुली उत्कृष्ट ३ भित्र पर्न सफल भएकी छन् ।

हेटौंडा–१३ स्थित पदमपोखरीमा रहेको सनराइज बोर्डिङ स्कुलमा भएको प्रतियोगितामा पराजुलीसँगै जिएस निकेतनका आदर्श पौडेल र नवोदय शिशु सदनकी दर्शना सापकोटा उत्कृष्ट हुँदै शिल्ड र प्रमाणपत्र हात पारे । ‘शस्त्र विद्याभन्दा शास्त्र विद्या नै ठूलो’ भन्ने विषयमा भएको वादविवाद प्रतियोगितामा नगरभित्रका १६ वटा विद्यालयको सहभागिता रहको थियो ।

प्रतियोगितामा जेम्स बोर्डिङ स्कुलका रिभिसन हुमागाई र सनराइजका विजय तामाङ सान्त्वना हुँदै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने र शिक्षक एवम् मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी वर्तौला निर्णायकका रुपमा रहेका थिए ।

प्याब्सन नगर कमिटीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here