नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी महासं‌घका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य ९८ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ। 

यसअघि सोमबार प्रतितोला सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९७ हजार ७०० कायम गरिएको छ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार प्रतितोला चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here