हेटौंडा– मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेशकुमार वर्तौला र गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाबीचको मतान्तर केही घटेको छ । केहीबेरअघि वर्तौला र खतिवडाबीचको मतान्तर २२०० भन्दा बढी थियो ।

४५६४४ मत गणना सकिँदा खतिवडाभन्दा वर्तौला १ हजार ४ सय ७ मतले मात्र अघि छन् । बर्तौलाले १८ हजार ८८ मत ल्याउँदा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले १६ हजार ६८१ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार १३९ मत पाएका छन् । सो क्षेत्रमा हालसम्म २ हजार १७८ मत बदर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here