हेटाैंडा- मकवानपुरकाे ईन्द्रसराेबर गाउँपालिका २ स्थित सल्लेमा सुमाे दूर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् ।

हेटौडाबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दिउँसाे करिब ३ बजे सडकबाट करिब २ सय मिटर तल खस्दा अन्दाजी ३५ वर्षीय पुरुषकाे घटनास्थलमै मृत्यु भएकाे हाे । मृतककाे पहिचान खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

दूर्घटनामा ६ जना घाइते भएकाे र उनीहरुकाे उद्धार गरि उपचारकाे लागि काठमाडाैं पठाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here