हेटाैंडा- मकवानपुर क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा सदस्य पदकाे लागि नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँ जीत नजिक रहेका छन् ।
३७ हजार २२४ मतगणना हुँदा एमालेका उम्मेद्वार लालबहादुर थापाभन्दा १६०६ मतले अघि छन् । बानियाँले १७३०१ मत प्राप्त गर्दा लालबहादुर थापाले १५६९५ मत पाएका छन् । अब २९०४ मत गन्न बाँकी रहेकाे जनाइएकाे छ । हालसम्म राप्रपाका बद्रीबहादुर खड्काले १८९३ मत ल्याएका छन् भने हालसम्म १३१९ मत बदर भएकाे छ ।