हेटाैंडा- नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । भर्खरै सकिएकाे मत गणनाअनुसार बानियाँले नेकपा एमालेका लालबहादुर थापालाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

बानियाँले थापालाई १७८२ मतान्तरले हराएका हुन् । बानियाँले १८७१७ मत प्राप्त गर्दा एमालेका थापाले १६९३५ मत प्राप्त गरेका हुन् । भर्खरै मतपरिणाम सार्वजनिक भएता पनि आधिकारिक घाेषणा भने हुन बाँकी रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here