हेटाैंडा- मकवानपुर क्षेत्र नम्बर–२ एमालेका  नेता महेशकुमार बर्तौला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब समेत रहेका बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरी लाेकतान्त्रिक बाम गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेद्वार विराेध खतिवडालाई पराजित गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरे । खतिवडा ४ हजार २२० मतले पछि परेका हुन् ।

यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका छन् । कुल ८६ हजार ६ सय ५२ मत खसेको थियाे ।    ४ हजार १०२ मत बदर भएको छ । निर्वाचन आयोगले आधिकारिक बिजयीकाे घोषणा गर्न भने बाँकी रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here