हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का जगत बहादुर सुनार सहितले केही दिनदेखि जग्गा फिर्ता गराई पाउँ भन्दै धर्ना दिएका छन् ।

जग्गा फिर्ताको माग सहित हेटौंडाको मुटु बुद्धचोक स्थित नियमराज शाक्यको घरमा भएको भाँडा पसल अगाडी जगतबहादुर सहितले सातौं दिन देखि धर्ना दिएका हुन् ।
मंसिर ४ प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा राजनिति दलदेखि बिभिन्न व्यक्तीहरु गरिब, निमुखा जनताको जीवनस्तर परिवर्तन गर्ने प्रतिवद्धता प्रचारमा व्यस्त रहे पनि धर्ना चासो बनेन् ।
आफ्नो बाबुको नाममा रहेको जग्गा व्यवसायको लागि हेटौंडा उपमहानगरका नियमराज शाक्य बाट ब्यवसायको लागि रु. ५०हजार रुपैंया ऋण लिएर दृष्टि बन्धक रोक्का राख्ने भनिएको अवस्थामा जग्गा राजीनामा लिखत गरी जग्गा खाइदिएको जगतको आरोप छ।
जगतले न्याय पाउनुपर्ने र पिडितको यसरी जग्गा खान नपाइने छिमेकी हरुको भनाई छ ।

धर्नामा २५ वर्षदेखि मलाई दुःख दिइयो । मेरो जग्गा फिर्ता पाउँ । नियमराज शाक्य मेरो जग्गा फिर्ता गर लेखिएको व्यानर सहित धर्नामा बसेका हुन् ।

विगत २५ वर्षदेखि अल्झिएको जग्गा बिवादले निकास पाएको छैन ।

जगत बहादुर सुनारलाई न्याय दिलाऔं अभियान अन्तरगर्त व्यानरसहित बसेको धर्ना कानुनको पालना गर्दै निर्वाचन सम्पन्न गराउन केही समय धर्ना स्थगित गरिएको सामाजिक अभियन्ता विशालराज महत बताउछन् ।

उनले बताए अनुसारै बुधाबारदेखि पुनः धर्ना सुरु गरेका छन् ।

धर्ना बसेको स्थानबाट १० मिनेटको दुरीमा स्थानिय अधिकारका व्यक्तीहरु भएपनि कुनै चासो नदिएको हेटौंडाका सामाजिक अभियन्ता विशालराज महत बताउछन् ।

अदालतमा सो मुद्दा चलिरहेको र बिभिन्न कोणबाट हेर्दा शाक्यले सुनारलाई जालझेल गरेको देखिएको र जग्गा दृष्टिबन्धकीको नाममा अरुको पैतृक सम्पत्तिमा नजर लगाउन नमिल्ने भएकाले न्याय गरिनुपर्ने उनको भनाई छ ।

निकास दिने तर्फ ध्यानै पुगेन किन भनि गरिएको प्रश्नमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर एवंम् न्यायक समिति संयोजक राजेश बानियाले मुद्धा न्यायलय सम्म पुगेकाले यसमा आफुहरु बोल्न नमिल्ने बताए ।

बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोकमै यसरी धर्ना बसिरहदा सहजी करणमा किन जोड नदिएको भनि गरिएको प्रश्नमा बानिया भन्छन् म दुबै पक्षलाई ८ गते बिहिबार दिउसो १ बजे बोलाएर छलफल गरि सहजिकरण गर्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here