मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंहले आश्चर्यजनक रुपमा जित निकालेका छन् । मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका सिंहले अन्तिमतिर एकाएक धेरै मत ल्याएका थिए ।

अन्त्यमा उनले २ हजार ३९३ मतान्तरमा जितेका हुन् । उनले नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गरे । सिंहले  २७ हजार ८१६ हजार मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी डीनाले २५ हजार ४२३ मत मत मात्रै ल्याइन ।

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here