हेटौंडा । नेपाली चलचित्र तिम्रो मेरो साथको टोली आज हेटौंडा आइपुगेका छन् । चलचित्र प्रचार प्रसारको क्रममा निर्माण तथा कलाकार टोलि हेटौंडा आइपुगेका हुन् । आउदो पुस २९ गते नेपाल सहित विभिन्न देशहरुमा एकसाथ प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र तिम्रो मेरो साथका निर्देशक तथा निर्माता रमेश पौडेल, कलाकारहरु सन्दिप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टोली आज हेटौंडामा आइपुगेका हुन् । आज चलचित्र तिम्रो मेरो साथको पत्रकार सम्मेलन गर्दै चलचित्रबारे जानकारी दिदै चलचित्र प्रेम कथामा आधारित थ्रीलर मुभि रहेको जानकारी दिएका छन् । चलचित्रमा हास्यकलाकार, अभिनेता तथा सञ्चारकर्मी सन्दिप क्षेत्री सहित पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल, खड्ग बहादुर पुन खबपु लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल- योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

चलचित्र पत्रकार संघ मकवानपुरका काव अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here