हेटौंडा– हेटौंडा–९ मा रहेको कृष्ण आदर्श इङ्लििस बोर्डिङ स्कुलले विद्यालयका अभिभावक र स्थानीय महिलाहरुको पाठेघरको मुखको निशुल्क परीक्षण गराएको छ । शुक्रबार विद्यालयमा भएको स्वास्थ्य शिविरमा ७४ जना महिलाले सेवा लिएका छन् ।

जाँच गरिएकामध्ये ३१ जनामा सामान्य समस्या देखिएकोमा उनीहरुलाई निशुल्क औषधिसमेत वितरण गरिएको विद्यालयले जनाएको छ । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा विद्यालयमा निशुल्क शिविरको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नविन केसीले जानकारी दिए । जाँचका क्रममा केही समस्या देखिएकाहरुलाई एक महिनापछि पुनः परीक्षणको लागि परिवार नियोजन संघको कार्यालयमा बोलाइएको छ । शिविरलाई हेटौंडा ९ नम्बर वडा कार्यालय र ९ नम्बर वडा स्वास्थ्य क्लिनिकले पनि सहयोग गरेको थियो ।

शिविरमा परिवार नियोजन संघका तर्फबाट ममता श्रेष्ठ, सिर्जना रिमाल तथा अन्य प्राविधिकहरुमा संगीता गौतम, सुस्मिता थापा, आश्मा बानियाँ र अस्मिता बैडारले सेवा दिएका थिए । विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गर्दै विद्यालयमा हरेक महिना विभिन्न स्वास्थ्य सम्बन्धी शिविरको आयोजना गर्ने आफूहरुको कार्यतालिकामध्ये यस पटक आँखा जाँच शिविरको आयोजना गरिएको विद्यालयका जनाएको छ । नियमित स्वास्थ्य परीक्षणअन्तर्गत आगामी माघ १५ गते विद्यार्थी, अभिभावक र सर्वसाधारणको लागि निशुल्क दन्त शिविरको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल केसीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here