नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज अपरान्ह ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ शपथ कार्यक्रम तय भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेले उपसभामुख रानालाई शपथ गराउनेछन् । उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ हुन् । उपसभामुखमा निर्वाचित भएपछि उनले हिजो मात्र पार्टीको सबै जिम्मेवारीबाट अलग भएको बताएकी थिइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here