हेटाैँडा-नेकपा एमाले मकवानपुरले सिंगाे पार्टी पंक्ति  संगठन निर्माणमा परिचालित हुने अाज सम्पन्न छैठाैँ पूर्ण जिल्लाका कमिटीकाे बैठकले निर्णय गरेकाे छ । माघ-चैत्रसम्म पार्टी नयाँ सदस्यता सिफारिस र पार्टी सदस्य नवीकरण गर्ने र पार्टीकाे पालिका, वडा र टाेलसम्म, जनसंगठनकाे जिल्ला, पालिका र वडासम्म संगठन व्यवस्थित बनाउने निर्णय गरेकाे पार्टी जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । जनप्रतिनिधि र सामाजिक  तथा सामुदायिक संगठनहरूलाई जनहितमा प्रभावकारी रूपमा परिचालन गर्ने समेत निर्णय बैठकले गरेकाे जिल्ला सचिव सिग्देलले जानकारी दिए ।
बैठकका प्रमुख अथिति पार्टी स्थायी कमिटीका सदस्य काशिनाथ अधिकारीले संघ र प्रदेशकाे निर्वाचनले एमाले मुलुककै लाेकप्रिय र बलियाे पार्टी भएकाे प्रमाणित गरेकाेले एमालेप्रति लगाईएका अाराेपहरू जनमतले नै असत्य सावित गरेकाे बताए ।उनले बैचारिक स्पष्टता, संगठननत्मक चुस्तता, जनमूखी कार्यशैली र जनसराेकारका विषयहरू पार्टी र कमिटीकाे प्रमुख कार्य भएकाेले यसलाई अनुशरण गर्न बैठक मार्फत पार्टी पंक्तिमा अनुराेध गरे ।
बैठकमा पार्टी केन्द्रीय सदस्य रामेश्वर रानाले संगठनलाई सुदृढ गर्दै राजनीतिक, सामाजिक, अार्थिक र साँस्कृतिक रूपान्तरणमा ध्यान केन्द्रीत गर्नुपर्ने भनाई राखेका थिए । बैठकमा जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले मकवानपुरमा जनमतले पहिलाे र सशक्त पार्टी पुन सावित भईसकेकाेले यसलाई अात्मसाथ गर्दै अगाडि बढ्नु पर्नेमा जाेड दिए।
केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक तथा प्रदेश कमिटीका सदस्यहरूकाे उपस्थिति रहेकाे बैठककाे अध्यक्षता जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here