हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा चर्चित गायिका प्रिति आलेले हेटौंडेलीलाई नचाएकी छिन् । उनले आफ्नो सांगीतिक प्रस्तुती दिदैं युवायुवतीलाई छारो उड्ने गरी नचाएकी थिइन् । उनले व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् । उनले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे…, चौतारीका वरपिपल छायाँ…, बाबरी बाबरी…, न सम्पति न मेरो जीउडाल के को माया जाल… लगायत लोकभाका र झ्याउरे भाकाका गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै गायक हेमन्त शर्मा र कृष्ण काफ्लेले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।
महोत्सवमा मोडल करिश्मा ढकालले नृत्य प्रस्तुत गरेकी थिइन् भने कमेडियन शिवहरि नेपाल र अस्मिताले प्रहशन मार्फत दर्शकहरुलाई हसाएका थिए ।
भोली शुक्रबार चर्चित व्याण्ड कर्मा व्याण्डको प्रस्तुी रहनुका साथै गायक मानसराज र ऋतु कंडेलको प्रस्तुती रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।
महोत्सवमा विहीबार २० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ । आजै करिब ७ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ । विहीबार आइडलका प्रतिस्पर्धी दीपा स्याङ्तान बाहिरेकी छिन् ।

११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विहीबार हेटौंडा मेडिसिन सेन्टरका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिएको छ । भोली शुक्रबार हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाबाट आउने विशेषज्ञ बाट स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।
विहीबार महोत्सवमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, सहायक प्रजिअ नेत्र शर्मा, बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, मकवानपुर प्रहरी प्रमुख बामदेव गौतम, सशस्त्रका प्रहरी निरीक्षक अनील कार्की, अनुसन्धानका उप निर्देशक पप्पुशर्मा पौडेल, पशुपन्छी निर्देशनालयका निर्देशक डा. बज्रकिशोर ठाकुर, प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टीका बल्लभ सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here