पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ संसारले पुल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा भएको छ ।
पथ्लैयाबाट चितवनतर्फ आउँदै गरेको बा।प्र।०३–००१ च १९४६ नम्वरको पिकअप बोलेरो गाडी आँफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, दुर्घटनामा परेर गाडीमा लोड १२० पेटि २५३८० पिस अण्डा पुर्ण रुपले क्षति भएका छ । दुर्घटनामा परेर मानवीय क्षती भने भएको छैन ।