मन्जिता मैनाली
आत्महत्या एउटा मनोसामाजिक रोगको रुपमा फैलिएको छ । दैनिकजसो आत्महत्याको घटनाहरु हुने गरेका छन् ।
नेपाल मात्र नभइ विश्वकै लागि आत्महत्या चिन्ताको विषय बनेको छ । विश्वमा हरेक ४० सेकेन्डमा एक जना र प्रत्येक वर्षमा आठ लाख मानिसले आत्महत्या गर्दै आएको गैरसरकारी संस्था कोसिसको अध्ययनले बताउँछ । नेपालमा अहिले दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको कोसिसको तथ्यांक छ ।
मानसिक अपाङ्गता नै आत्महत्याको जटिल कारण बनेको छ । आत्महत्या बढ्नुमा सामाजिक संजालको पनि केही हद सम्म असर परेको अनुमान गरिन्छ । पछिल्लो समय सामाजिक संजाल मार्फत आउने विभिन्न आत्महत्या र आत्मदाह जस्ता घटना देख्ने बितिकै लगातार धेरै आत्महत्याका घटनाहरु भैरहेको हुन्छ । केही समय अगाडि एउटा व्यक्तिले आत्मदाह गरेको घट्ना सामाजिक संजालमा आए लगतै ठाउँठाउँमा धेरै व्यक्तिले आत्मदाह गरेको घटना छ । सामाजिक संजालमा लाइभ बसेर आत्महत्या गर्ने जस्ता घटनाहरु जसले मानसिक रोगी उत्पन्न गरेर पनि आत्महत्या जस्ता घट्नाहरु बढिरहेको कतिपयको बुझाइ छ । व्यक्ति मनको सन्तुष्ट हुन नसकेको कारण पनि मानसिक अपांगताको सिकार बनिरहेका छन ।
त्यस्तै हाम्रो समाजमा विभिन्न रोगबाट ग्रसित व्यक्तिहरुलाइ समाजले र परिवारले गर्ने अपमानजनक व्यवहारका कारण बाच्ने आस निराशमा परिवर्तन भइदिन्छ । निर्वललाइ हाम्रो समाजले गर्ने व्यवहार र हेर्ने दृश्यकोणमा नै फरक पर्ने गर्द्छ । कतिपय मानिसहरु समाजको कारण, घरपरिवार र आफ्नो जीवनमा उपलब्धि गर्न नसकेको कारण पनि मानसिक रोगको सिकार भइरहेका हुन्छ्न् । जसका कारण आत्महत्याको बाटो रोज्ने गर्दछन । हाम्रो समाजमा शारीरिक रुपमा अशक्त भएकै कारण कतिपय व्यक्तिहरु अवसर बाट बन्चित हुँदै आएका छन् भने कतिलाई समाजले गर्ने तिरस्कार र अपमान भोग्दै आइरहेका छन् । नेपाल जस्तो गरिब मुलुकमा आर्थिक स्थिति कमजोर भएकै कारण आउने कतिपय मानसिक तनावको कारण पनि धेरैले आत्महत्याको बाटो रोजिरहेको अहिलेको अवस्थामा हाम्रो समाजमा देख्दै आइरहेका छौ । अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि विभिन्न ऐन कानुन बनाइएता पनि कार्यान्वयनमा भने ल्याउन सकिएको छैन ।

कुनै एक समय कोहि व्यक्ति मानसिक रोगी भयो भने समाजले त्यो व्यक्तिलाई सधैको लागि नै मानसिक रोगी बनाइ दिन्छ समाजले फेरि उसलाइ पहिले जस्तो जीवन जिउन दिदैन । जसको कारण एउटा व्यक्ती आत्महत्याको बाटो रोज्न पुग्छ । मानसिक रोग उपचार पश्चात् निको हुन्छ भन्ने कुरालाइ हाम्रो समाजले स्विकार्दैन र एकचोटि देखेको रोगी सदैको रोगी भन्ने सोच राख्छ जसको कारण उसलाइ समाजले गर्ने हेला अपमानको कारण त्यो व्यक्ति निको हुन सक्दैन ।
जुनसुकै रोग लागेको भएपनि बिरामीलाई आधी रोग माया ममता र स्याहारसुसारले पनि निको हुने गर्द्छ भनिन्छ । तर रोग लागिसके पछि हाम्रो समाजले परिवारले घिणा गर्ने गर्द्छन् जसको कारण सदै रोगी नै रहन्छ र हार मानी एउटा व्यक्ति समाजमा बाच्नै नसक्ने अवस्था आइ आत्महत्या गर्न बाध्य हुन्छ । धेरै जसो मानिसहरु मानसिक समस्या कै कारण आत्महत्या गर्ने गरेको पाइन्छ ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई घर र समाजले मात्र नभै हाम्रो देशको कानुनले पनि विभिन्न अवसरहरु बाट बन्चित गराएको छ । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाइ अन्य व्यक्ति सरह विभिन्न अधिकारहरु उपभोग गर्न बाट कानुन मै पनि रोक लगाइएको अवस्था छ । अपाङ्गता भएका व्यक्तिहरुको लागि भनी विभिन्न कानुनका कुरा त ल्याइयो तर कार्यान्वयनमा भने ल्याउन सकेको अवस्था छैन । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाइ रोजगारीको हक र अवसरमा पनि प्रतिबन्ध लगाउने गरिन्छ । विभिन्न अपमानजनक शब्दहरु प्रयोग गरि शारीरिक यातनाका साथै मानसिक तनाव पनि दिने गरिन्छ जसको कारण व्यक्ती कहिले निको हुन सक्दैन ।
मानिस मानसिक रोगी हुँदा उसमा विभिन्न असरहरु पर्न थाल्द्छ जस्तैस्मन उदास हुने, इच्छा शक्तिमा कमि आउने,शारीरिक शक्तिमा कमी आउने, रमाइलो लागिरहेका कुराहरुमा पनि नरमाइलो लाग्ने, निन्द्रा नलाग्ने जीवन व्यर्थ लाग्ने र बाच्ने इच्छा कम जाने जस्ता कुराहरु मानसिक स्वास्थमा देखिएका असरहरु हुन ।
हाम्रो समाजमा भएको यो जटिल समस्यालाइ रोक्ने हो भने हाम्रो घर र समाज बाट सुरु गर्न आवश्यक छ।एक चोटी मानसिक रोगी हँुदैमा त्यो व्यक्ती सधै मानसिक रोगी हुँदैन भन्ने बुजाउन आवश्यक छ।कोहि व्यक्ति मानसिकरुपमा बिरामी छ भने के कारणले उसलाई मानसिक समस्या हुदैछ बुज्न आवश्यक छ । मानसिक रोगीलाइ माया ,स्नेह र आवस्यक सहयोग गरेर पनि सहयता गर्न सकिन्छ । मानसिक रोगीलाई एक्लै नछाड्ने , एकान्तमा बस्न नदिने र सके सम्म उसलाइ खुसी मिल्ने वातावरण बनाउन पर्छ । अपांगता भएका व्यक्तिहरुलाइ सबै सरह हक र अधिकार दिन आवश्यक छ । आत्मसम्मानका साथ जिवनयापन गर्न पाउने व्यवस्था गर्न आवश्यक छ । हाम्रो समाज र समाजको मानसिकतालाई परिवर्तन गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here