उपराष्ट्रपति चयनका मतदान सुरु भएको छ । संसद भवनस्थित ल्होत्से हलमा  बिहान १० बजेदेखि मतदान सुरु भएको हो। 

मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामसहाय यादव र नेकपा एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य मतदान स्थलमा पुगिसकेका छन् । 

उपराष्ट्रपति पदमा नेकपा एमालेबाट शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालबाट यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार छन् । 

प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसकेकी छिन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here