दाङमा एक महिलाको कोठामा लागेको आगोका कारण निसास्सिएर मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले एक कोठेजस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको कोठामा महिला मृत फेला परेको बताए।
दंगीशरण गाउँपालिका वडा नं. ५ की ४० वर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निसास्सिएर मृत्यु भएको उनले बताए।
आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुवाँका कारण निसास्सिएर मृत्यु भएको पूर्व अनुमान गरिएको छ।
देवीगञ्जस्थित घर्तीको घर गाउँभन्दा झन्डै एक डेढ सय मिटर टाढा रहेको छ। उनी एक्लै बस्दै आएकी थिइन्।