हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले भाैतिक विकाससंगै सामाजिक र मानवीय विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आज हेटाैँडा ४ मा रहेका गैर सरकारी संस्थाहरूकाे संयुक्त भेलामा बाेल्दै सामाजिक विकृति, विसंगति, कुरिती, कुसंस्कार, अन्धविश्वास, हिंसा, विभेद र असमानताकाे विरूद्व सामाजिक अभियान सञ्चालन गर्नुपर्नेमा जाेड दिए । सामाजिक अभियानलाई प्रभावकारी बनाउन गैर सरकारी संस्थाहरूकाे महत्वपूर्ण भूमिका रहने भएकाेले वडा कार्यालयले हातेमालाे गरेर अगाडि बढ्ने बताए ।
हेटाैँडा वडा नं. ४ मा रहेका विभिन्न गैर सरकारी संस्थाहरूकाे भेलाले सामाजिक अभियान सञ्जाल मायाँ लामा(माईती नेपाल) काे अध्यक्षतामा १३ सदस्यीय गठन गरेकाे छ । सञ्जालकाे सचिव जेराेम घले(नारी संरक्षण केन्द्र), काेषाध्यक्ष कमला सुवेदी (मकवानपुर महिला समूह), सदस्यहरू अर्जुन खड्का(सिडियाे, नेपाल), सकुन्तला पाैडेल(काेसिस नेपाल), राजु सुवेदी(मकवापुर पाेजेटिभ समूह), सरू विक,(महिला तथा वालवालिका सराेकार केन्द्र),  बुद्व लामा (ईस्थर ब्यान्जमिन), कुमारी वाईवा(हिमराईट्स, मकवानपुर),  शान्ता वराल, शर्मिला श्रेष्ठ (उज्ज्वल भविष्य), दुर्गा घाेरसाईनी(आश्रय नेपाल),  राधिका चाैलागाई (महिला जागरण समूह) रहेका छन् । सञ्जालकाे सल्लाहकारमा आरती पाठक(अस्मिता नेपाल), सरस्वती बर्ताैला(नारी सीप सृजना केन्द्र) र किरण थापा( ब्लु डाईमन साेसाईटी) रहनु भएकाे ४ नं. वडा सचिव टीका कडेंलले बताए । भेलामा वडा सदस्य जनरल श्रेष्ठसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूकाे उपस्थिरहेकाे थियाे भने उपस्थित सबै संस्थाका प्रतिनिधिहरूले सामाजिक अभियानलाई प्रभावकारी बनाउन एकजुट भएर लाग्ने प्रतिबद्वता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here