बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि बिहीबार पनि सो तयारी गरेका जम्कट्टेलले कांग्रेस बैठकमा अनुपस्थित हुने भएपनि लिन पाएका थिएनन् ।
सो दिन स्थगित भएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको हो । यसअघि नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि फेरि विश्वासको मत लिन लागेका हुन् ।