मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्वर–४ छापमा शनिबार साँझ एक महिलाले आफ्नै शरिरमा आगो लगाएकी छन् । स्थानीय ३३ वर्षीया सुमिना डिमडुङकले घरयासी विवादको कारण आफ्नै शरिरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार, सुमिनाले घरमा राखिएको एक बोतल डिजेल आफ्नो शरिरमा खनाई आगो लगाएकी हुन् ।घाइते उनको अवस्थामा अहिले मध्यम रहेको र उनलाई उपचारको लागि किर्तिपुर अस्पताल काठमाडौंतर्फ पठाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here