काठमाडौं– प्रसिद्ध गीतकार लोकराज अधिकारीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नो ४३ औ जन्मदिनको अवसरमा अधिकारीले शनिबार ‘तिम्रो संसार बेग्लै भयो ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
म्युजिक भिडियोमा प्रबिण बेडवालको स्वर रहेको छ भने ज्योति प्रकाशको संगीत रहेको छ । मनोहर सुनामले संगीत संयोजन गरेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोका कृष्ण भान्जाले रेकर्डिङ र श्याम श्वेत रसाईलीले मिक्सीङ गरेका हुन् । नेपाली सुगम संगीत र चलचित्रमा गीत लेखेर नाम कमाएका गीतकार अधिकारीले यो गीत पनि सुगम संगीत मनपराउने दर्शक श्रोता बाट मायाँ पाउने आशा गरेका छन् । मोडल बिकाश चौहान र अभिनेत्री रुषा न्यौपानेको मुख्य भुमिका छ ।
अन्तरजातिय प्रेम र बियोगको कथा रहेको म्यूजिक भिडियोमा रमेश खड्का सूर्य ओली लगायतको पनि अभिनय छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने निर्देशन प्रकाश धितालले गरेका हुन । भकुण्डेबेशीमा छायाँङ्कन गरिएको भिडियो कथानक छ । तिला खतिवडाको प्रस्तुतिमा बनेको भिडियोलाई द बेभ डिजिटल यूट्युवबाट सार्बजनिक गरिएको छ ।
गीत हेर्न यहाँ क्लिक गर्नुहोस् ।