हेटाैंडा- घरकाे कामधन्दामा व्यस्त हुनुपर्ने गृहिणी ‘आमा’हरुले पठन बानीकाे बारे आफ्ना राेचक अनुभवहरु साटासाट गरेका छन् । किताब पठनमा ओैधि रुचि राख्ने हेटाैंडाका दुई गृहिणी पाठक उमा मैनाली र ज्ञानु अर्यालले पठन संस्कृतिकाे महत्व र यसका फाइदाका बारेमा बहस गरेका छन् ।

हेटाैंडा- ४ स्थित भैरवराेडमा रहेकाे किताबघरले सुरु गरेकाे किताबकाे शृङ्खला २ अन्तरगत ‘पढ्ने समय कसरी निस्कन्छ आमाहरुकाे’ विषयक बहसमा पुस्तक अध्ययनबाट प्राप्त हुने ज्ञान, उपयाेगिता र आत्मसन्ताेषबारे चर्चा गरिएकाे हाे । किताबघरका प्रबन्ध निर्देशक छवि अनित्यले दुई गृहिणी पाठकका अन्तर मनका अनुभवहरु खाेतल्ने प्रयास गरेका थिए । हेटाैंडा ९ कि उमा मैनालीले आफूले घरका सबै काम सक्याएर विभिन्न किसिमका किताबहरु पढ्ने गरेकाे सुनाइन् । पढ्दा आत्म सन्तुष्टि हुने सुनाउँदै उनले किताब अध्ययनबाट धेरै ज्ञान समेट्न पाएकाे पनि बताइन् । ‘घरकाे काम सकेर बाँकी रहेकाे समय खेर फाल्दिनँ, फुर्सद हुने बित्तिकै किताब लिएर बस्ने बानी नै छ ।’ मैनालीले भनिन् । ‘पढेर कसैलाई घाटा छैन, जतिसक्दाे पढ्नुपर्छ ।’ मानिसहरुमा अध्ययन गर्ने बानी नै नभएकाेमा उनले चिन्तासमेत व्यक्त गरिन् । ‘आफूले पढेकाे कुरा, आफूले पाएकाे ज्ञान अरुले पनि पाइदिए हुन्थ्याे भनेर धेरैलाई किताब पढ्न अनुराेध गर्ने गरेकाे छु तर, कसैले पढ्ने बानी गरेनन् । फूर्सदमा माेबाइल चलाउने, सुत्ने गर्नुभन्दा पढे त धेरै ज्ञान पाइन्थ्याे ।’ उनले भनिन्- ‘किताब एउटा यस्ताे साथी हाे जसले तपाईलाई कहिलै एक्लाे महसुस हुन दिँदैन ।’

अर्की पाठक ज्ञानु अर्यालले किताब पढ्ने त आफूलाई लत नै बसेकाे सुनाइन् । थाेरै समय निस्के पनि अध्ययनमै खर्चने गरेकाे उनकाे भनाइ छ । पारिवारिक बाध्यताले कक्षा १२ भन्दा माथि अध्ययन गर्न नपाएकाे बताउने उनले अनाैपचारिक पुस्तकहरु सयाैँ अध्ययन गरेकाे सुनाइन् । ‘पहिलेपहिले त त्यति धेरै पढ्ने फुर्सद हुने थिएन तै पनि पढ्थेँ, अहिले त छाेराछाेरी हुर्के, घरधन्धा सकेर पढ्न धेरै समय मिलेकाे छ ।’ अर्यालले भनिन् । फेसबुकलगायत सामाजिक सञ्जालकाे लतले मानिसहरुकाे मस्तिष्क नै साँघुराे बनाएकाे भन्दै फराकिलाे ज्ञान र आनन्खकाे लागि पुस्तक अध्ययन नै जरुरी रहेकाे उनले सुनाइन् ।

पठन संस्कृतिकाे विकास गर्ने सेवामुलक तथा व्यावसायिक उद्धेश्यले सञ्चालनमा आएकाे किताबघरले पाठक, लेखक तथा समीक्षकहरुसँग ‘किताबका कुरा’ शृङ्खला सुरु गरेकाे छ । किताबघरमा विद्यालय पाठ्यपुस्तकभन्दा बाहिरका साहित्य, कला, भाषा, संस्कृति, धर्म, ईतिहास, राजनीतिलगायतका पुस्तक उपलब्ध हुने प्रबन्ध निर्देशक अनित्यले बताए । ‘किताबका कुरा’ शृङ्खलाकाे निरन्तरतासहित अन्य विविध कार्यक्रम ल्याउने याेजना बनाएकाे उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here