काठमाडौं– प्रमुख ३ दलका शीर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवाहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरु समेत तानिन थालेपछि शीर्ष नेताहरुले भेटवार्ता बढाएका छन्। यसैगरी संसदीय समिति गठनमा समेत सहमति जुट्न सकेको छैन।
प्रधानन्यायाधीश सिफारिस गरिसके पनि सुनुवाइ समिति गठन हुन नसक्दा नियुक्तिमा ढिलाइ भइरहेको छ।