राक्सीराङ्ग – नेपाली कांग्रेस राक्सीराङ्ग गाउँपालिकाको आयोजनामा शुक्रबार चैनपुरमा गाउँपालिककास्तरीय सम्मेलन गरेको छ ।

कांग्रेस राक्सीराङ्ग गाउँपालिका सभापति बीरेन्द्र जिम्बाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा गाउँपालिका सम्मेलन भएको हो ।

भेलामा बोल्दै प्रमुख अतिथि बानियाँले पार्टी सुदृढीकरणमा ध्यान दिदै जनताको अबस्था परिवर्तनमा लाग्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र क्रियाशिल नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बागमती प्रदेश सभापति बानियाँले राक्सीराङ्गका विकट क्षेत्रमा रहेका तामाङ, चेपाङलगायत विपन्न समुदायका जनताको अबस्था परिवर्तनका साथै विकास निर्माणमा कसैलाई काखापाखा नगरी काम गर्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिंदै आगामी बजेट निर्माणमा जनप्रतिनिधिहरुलाई सल्लाहसुझाव दिंदै सहयोग गर्न स्थानीय नेता कार्यकर्तालाई आग्रह गरे ।

गाउँपालिका सम्मेलनमा क्रियाशिल नेता कार्यकर्ताबाट उठेको जिज्ञासाको बारेमा नेता बानिया र जिल्ला सभापति बुद्ध लामाले जवाफ दिंदै कांग्रेसको भावी रणनीतिको बारेमा बताएका थिए ।

कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रमअन्तर्गत कांग्रेस राक्सीराङ्ग गाउँपालिकाको सम्मेलन भएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सभापति लामा, महासमिति सदस्यद्वय राजकुमार मल्ल र चित्रबहादुर थापा, जिल्ला सदस्यहरु ईश्वरकुमार रुम्बा, जयबहादुर तितुङ, बच्चीमाया नेगी, रामकृष्ण प्रजा, संघीय सचिव सन्तोष थापा, क्षेत्रीय सचिव कृष्ण योञ्जन, राक्सीराङ्ग गाउँपालिका उपसभापति मोहन नगरकोटी, राक्सीराङ्ग ९ का वडाअध्यक्ष रामकुमार थिङ्ग, राक्सीराङ्ग ४ का वडा सभापति विकास ब्लोन, नेपाल चेपाङ संघको पूर्व केन्द्रीय कोषाध्यक्ष रविन्द्रकुमार प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here