हेटौंडा–मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित श्रमिक साना किसान कृषि सहकारी संस्थाको परिसरमा दूध संकलन बैंक स्थापना गरिएको छ । प्रदेश दुग्ध विकास बोर्ड, हेटौंडाको वार्षिक कार्यक्रमअन्तर्गत स्थानीय कृषकहरुबाट संकलित दूघ तोकिएको तापक्रममा चिसो पारी भण्डारण गरी दूधको गुणस्तर कायम राख्न दूघ संकलन बैंक स्थापना गरिएको हो ।

ग्रामीण क्षेत्रमा उत्पादित दूध समयमा नै बजार वा चिस्यान केन्द्रमा पु¥याउन नसक्दा दूधको गुणस्तरमा ह्रास आउने, कृषकहरुलाई आर्थिक क्षति पुग्ने तथा उपभोक्ताहरु गुणस्तरीय दूधबाट बन्चित हुने कुरालाई मध्यनजर गर्दै बोर्डले सोमबार पाँचसय लिटर क्षमताको चिलिङ भ्याट सहकारी संस्थालाई हस्तान्तरण गरेको हो । सहकारी संस्थाले दूधको ढुवानी प्रयोजनको लागि ४० लिटर क्षमताको स्टेनलेस स्टिल क्यान समेत प्राप्त गरेको छ ।

बोर्डले चालु आवमा प्रदेशका १३ वटै जिल्लामा २५ वटा दुग्ध संकलन बैंकको स्थापना गर्ने कार्यक्रम राखेको छ । यस प्रकारको कार्यक्रममा ग्रामीण भेगमा पशुपालन गरी दूध उत्पादन गरिरहेका कृषकहरु लाभान्वित हुने भएकाले कृषकहरु उत्साहित रहेको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीका बल्दव सापकोटाले बताए ।

दुग्ध संकलन बैंक उद्घाटन कार्यक्रममा मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । यसैबीच काभ्रेपलान्चोक जिल्लाको रोशी गाँउपालिका स्थित नार्के दुग्ध उत्पादक सहकारी संस्था लि मा स्थापित दुध संकलन बैंकको पनि प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटाले उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here