हेटौंडा – हेटौंडा बजार लायन्स क्लबद्वारा सांगीतीक सांझ र म्युजिक भिडियो सार्वजनिक गरिने भएको छ ।
लायन्सक्लबका अध्यक्ष लक्ष्मण कडेलले आज पत्रकार सम्मेलन गर्दै असार १ गते हेटौंडामा सांगीतीक सांझ र म्युजिक भिडियो सार्वजनिक गरिने जानकारी दिए ।कार्यक्रममा लोकदोहोरी गायीका प्रतिमा अर्याल सहित स्थानीय कलाकारहरुको साथमा नाचगान गर्ने कार्यक्रम रहेको उनले बताए ।
एक हजार रुपैयाँको टिकेट सहित हेटौंडाको पल्पसा हलमा कार्यक्रम गर्न लागिएको हो ।
