पालुङ, १८ जेठ – नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क प्रदेश र थाहा नगरको संयुक्त सम्मेलन बिहीबार पालुङमा भएको छ ।

कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क का सभापति खड्ग गोपालीको सभाध्यक्षता, कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा संयुक्त सम्मेलन भएको हो ।

नेपाली कांग्रेसको वडा, गाउँपालिका, क्षेत्र, संघीय, जिल्ला र प्रदेशको सम्मेलन गर्ने केन्द्रीय परिपत्र बमोजिम नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क र थाहानगरको संयुक्त सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा नेताद्वय उपाध्याय र बानियाँले स्थानीय नेता कार्यकर्ता पंक्तिबाट उठेको जिज्ञासाको जवाफ दिदैं पार्टीको भावी रणनीतिको बारेमा बोलेका थिए ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, जिल्ला सदस्य आनन्दराम पराजुली, कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का संघीय सभापति लोक मुक्तान, मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, थाहा नगरका उपमेयर भरत गोपाली, कांग्रेस नेताहरु भीम लामा, यतिराज सापकोटा, भीमफेदी ६ का सभापति सोमबहादुर घलान, मकवानपुर गढी ७ का सभापति सुर्यबहादुर रुम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here