कास्कीको पोखरा महानगरपालिका–२९, भण्डारीढिकबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ३० ग्रामसहित प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका९ नयाँबजार बस्ने २२ वर्षीय मिसन गुरुङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ग १५ प ५६४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई ल्याएको उक्त गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।