भारतीय अभिनेता एवं फिटनेस उद्यमी साहिल खान नेपाल आउने भएका छन् । यही श्रावण ३२ देखि भाद्र २ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिङ कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सहभागी हुन उनि नेपाल आउने भएका हुन् ।
खरेल अर्गनाइजेशनले आयोजना गर्न लागेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरू पनि आउने कुराको जानकारी आयोजक सज्ञान खरेलले दिए ।
इन्डियाको फ्रेन्चाइज लिएर उक्त कम्पिटिसन गर्न लागिएको आयोजकले जनाएको छ । आफूमा भएको प्रतिभालाई अन्तराष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा यो कार्यक्रमलाई लिन सकिने आयोजकले जनाएको छ । बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सम्पूर्ण जुरीहरू विदेशी रहनेछन् ।
इन्डियामा प्रसिद्ध शोको फ्रेन्चाइजलाई नेपालमा ल्याएर गर्न लागिएको कम्पिटिसनमा १५० जना सहभागी हुनेछन् । कार्यक्रममा नेपाल, मलेसिया, यूएई र भारतका खेलाडीहरूले भाग लिँदैछन् । यसमा विजेताले नगद दुई लाख पचास हजार पुरस्कार प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय कोच क्याथ्रिन केट अस्टिनले एक दिन सम्पूर्ण सहभागीहरूलाई विशेष तालिम दिनेछन् ।
यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरूको समेत सहभागिता रहने खरेलले जानकारी दिए ।
सुगठित शरीरका धनी साहिल फिटनेस जागरूकता बढाउनका लागि परिचित छन् ।