विज्ञान शिक्षक समाज मकवानपुरले एक कार्यक्रमकाबीच विज्ञान शिक्षक दिवस मनाउने भएकाे छ । नवाेदय शिशु सदनसँगकाे सहकार्यमा आगामी असाेज ६ गते वक्तृत्वकला प्रतियाेगिता गरि दिवस मनाउन लागिएकाे हाे ।
‘विज्ञान साक्षरता र उद्यमशीलता : सफल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ देशभर मनाउन लागिएको विज्ञान दिवसको सन्दर्भमा ‘समृद्ध समाज निर्माणका लागि विज्ञान शिक्षाको भूमिका’ विषयक माध्यमिक तह (कक्षा ९–१२)स्तरीय वक्तृत्व कला प्रतियोगिता गर्ने तयारी गरिएकाे छ ।
नवोदय शिशु सदनको सभाहलमा आयोजना हुने सो कार्यक्रममा प्रत्येक गाउँपालिकाबाट कम्तिमा एक छात्रा सहित तीन जना , थाहा नगरपालिकाबाट कम्तिमा एक छात्रासहित ४ जना र हेटौँडा उपमहानगरपालिकाबाट कम्तिमा २ छात्रासहित ५ जना विद्यार्थी कार्यक्रममा प्रतियोगितात्मक रुपमा सहभागी हुनेछन् ।
मकवानपुर जिल्लास्तरीय उक्त कार्यक्रमका लागि पालिकास्तरको छनौट पूरा भइसकेको र केही पालिकामा हुँदै गरेको समाजका सचिव सुवास खनालले जानकारी दिए । बकैया, मनहरी , गढी र हेटौँडामा छनाैट कार्यक्रम भइसकेका छन् ।
छनौट भएका सबै पालिकाका प्रतियोगीहरूलाई पुन नवोदय शिशु सदनमा प्रतिष्पर्धा गराई प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनेलाई क्रमश ः रु. ६००० , ५०००, ४००० र ३००० सहित प्रमाणपत्र प्रदान गरिने स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेले बताए ।