हेटाैंडा- नवसर्जक साहित्य चाैतारी नेपालकाे १५ ओैँ मासिक शृङ्खला बालदिवस विशेष कार्यक्रमका रूपमा भर्चुअल माध्यम (गुगल मिट) मार्फत सम्पन्न भएकाे छ ।
चाैतारीकी केन्द्रीय अध्यक्ष प्रसन्ना चाैलागाईँकाे अध्यक्षता एवम् चाैतारीका सल्लाहकार एवम् नेपाल बालसाहित्य समाजका अध्यक्ष, बालसाहित्यकार तथा अन्वेषक प्रमाेद प्रधानकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतमकाे विशिष्ट आतिथ्य तथा सल्लाहकार डिबी बर्ताैलाकाे आतिथ्य रहेकाे थियाे ।
कार्यक्रममा विशेष रचना वाचककाे रूपमा सहभागी केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयाेजक जाेशिका कँडेल ‘निशा’ (कपिलवस्तु) ले आफ्ना प्रतिनिधि पाँच छन्द कविता वाचन गरेकी थिइन् । कार्यक्रममा चाैतारीकी अध्यक्ष प्रसन्ना चाैलागाईँ, महासचिव समर्पण न्याैपाने, बागमती प्रदेश सदस्य निमिशा निराैला, नवसर्जकहरू अजय बर्ताैला, अनमाेल पाेखरेल र दृशिका कँडेलले कविता वाचन गरेका थिए भने सुदूरपश्चिम प्रदेश (बैतडी) का नवसर्जक पारस बाेहराले गजल वाचन गरेका थिए । त्यस्तै नवसर्जक दिपिका खड्गीले देशभक्तिकाे भावयुक्त गीत गाएकी थिइन् । हरेक शृङ्खलामा पठन संस्कृति प्रबर्द्धनका लागि पुस्तक समीक्षा गर्दै आएकाेमा आजकाे कार्यक्रममा चाैतारीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहसंयाेजक राेश्नी चाैलागाईँले ‘शून्यकाे मूल्य’ उपन्यासकाे समीक्षा प्रस्तुत गरेकी थिइन् ।
डेढ दर्जन नवसर्जककाे उपस्थिति रहेकाे कार्यक्रमकाे सहजीकरण चाैतारीका महासचिव समर्पण न्याैपानेले गरेका थिए । चाैतारीले हरेक महिनाकाे अन्तिम शनिबार नियमित मासिक शृङ्खला आयाेजना गर्दै आएकाे छ भने समयसमयमा विधाविशेष प्रशिक्षण अभियानका साथै प्रादेशिक एवम् राष्ट्रिय बालसाहित्य उत्सव आयाेजना गर्दै आएकाे छ ।