हेटौंडा – नेपाल विद्यार्थी संघ हेटौंडा क्याम्पस इकाई समिति अध्यक्षको जिम्मेवारी युवराज विश्वकर्माले पाएका छन् । उनले सोमबार इकाई अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

उनलाई नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम नेविसंघ हेटौंडा क्याम्पसको अध्यक्ष पदको जिम्मेवारी दिईएको नेविसंघ मकवानपुर कार्यवाहक अध्यक्ष सन्तोष चौलागाईंले बताए। उनले नेपाल विद्यार्थी संघको विधि विधान र मान्यतामा रहेर संघलाई गतिशिल र मजबुत बनाउन अध्यक्ष विश्वकर्माको सक्रीय भूमिका रहने विश्वास रहेको समेत बताए। उनले अध्यक्ष विश्वकर्माको जिम्मेवारीले हेटौंडा क्याम्पसमा संगठनले थप उचाई लिने कुरामा जोड दिए।

नेविसंघ मकवानपुर जिल्ला सदस्य समेत रहेका अध्यक्ष विश्वकर्मा लामो समयदेखि नेविसंघमा सक्रिय छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here