सर्लाही– नदीमा पौडी खेल्न गएका सर्लाहीका दुई बालकको डुबेर मृत्यु भएको छ ।

शनिबार ईश्वरपुर नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो भने बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको ज्यान गएको हो ।

दिउँसोको गर्मी छल्न बालबालिकाहरु नदी, खोला तथा पोखरीमा पौडी खेल्न जाने गरेका छन्। यसै क्रममा पौडी खेल्दै गर्दा उनीहरू दुवैको ज्यान गएको हो । दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here